आईपीओ निष्कासन गर्दै एशियन हाइड्रोपावर, २० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ८ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेकामा ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४२ हजार कित्ता सामुहिक लगानी कोष र १६ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा माघ २७ देखि फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु