माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले माघ १३ देखि ३४ करोड रुपैयाँको ३४ लाख कित्ता आईपीओ आईपीओ निष्कासन गरेको थियो ।

जसमा १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दा, २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिको थियो ।

यस्तै १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र ४८ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको थियो । बाँकी रहेको १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु