आधिकारिक रकम नखुलेको बिल भपाई पेस हुँदा स्वास्थ्य बीमाको भुक्तानीमा कठिनाइ



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आधिकारिक रकम नखुलेको बिल भर्पाई पेस गर्दा दाबीअनुसारको सोधभर्ना हुन कठिनाइ भएको जनाएको छ ।

बोर्डको ऐन, नियम, कार्यविधि र सुविधा थैलीअनुसार दाबी नगर्ने तथा आधिकारिक रकम नखुलेका बिल भर्पाई पेश गर्ने गरेको हुनाले दाबीअनुसारको सोधभर्ना हुन कठिनाई भएको हो ।

कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले बोर्डको ऐन, नियम कार्यविधि र सुविधा थैली अनुसार दावी नगर्नुका साथै आधिकारिक रकम नखुलेको बिल भपाई पेस गर्ने गरेको हुनाले दाबी अनुसारको सोधभर्ना हुन कठिनाइ भएको बोर्डले जनाएको छ ।

यस्तै, कतिपय संस्थाहरुमा तालिम प्राप्त व्यक्ति सरुवा भएर वा अन्य कारणबाट नयाँ कर्मचारीलाई दाबी प्रविष्टीको जिम्मेवारी दिँदा विभिन्न त्रुटि भएको भन्दै बोर्डले दाबीअनुसार भुक्तानीमा थप कठिनाइ परेकोले तालिम प्राप्त व्यक्तिको अनुपस्थितीमा दाबी प्रविष्ट गर्नु पर्ने अवस्थामा यस सम्बन्धी तालिम प्राप्त व्यक्तिबाट दावी प्रविष्ट सम्बन्धी यथेष्ठ जानकारी गराएर मात्र सोको जिम्मेवारी दिई कार्य गराउन पनि अनुरोध गरेको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले बीमितलाई दिएको सेवाहरुको खर्च बोर्डको ऐन, नियम कार्यविधि र सुविधा थैली अनुसार संपूर्ण कागजातहरु समावेश गरी बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमएआइएस) मार्फत दाबी प्रविष्ट गर्नु पर्दछ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरु स्वास्थ्य बीमामा आबद्ध भए पछि बोर्डमार्फत बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमएआइएस)को तालिम प्रदान गरिसकिएको बोर्डले जनाएको छ ।


क्लिकमान्डु