दुई वाणिज्य बैंकले तत्काल साधारण सभा नगर्ने
काठमाडौं । दुई वाणिज्य बैंकको साधारण सभा तत्काल नहुने भएको छ ।
सञ्चालमा रहेका वाणिज्य बैंकमध्ये अधिकांश हिस्सा सरकारको रहेको कृषि विकास बैंक र सनराइज बैंकले अहिलेसम्म साधारण सभा बोलाएका छैनन् । दुवै बैंकको सञ्चालक समितिको निर्वाचन चैतमा गर्नुपर्ने भएकाले सभा नबोलाइएको बताइएको छ ।
यता कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले अडिटरले समयमा नै अडिट नसक्दा सभा बोलाउन समय लागेको बताए । यसअघि माघमा गर्ने भनिएपछि बैंकले माघमा सभा नगर्ने भएको छ । बैंकले सभा तत्कालै नगर्ने भएपनि सेयरधनीका लागि लाभांश भने घोषणा गरिसकेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित गरी ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
सनराइज बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।