सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु