माओवादी केन्द्रको स्थायी समिति बैठकमा के भयो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड‍ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।

बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् । अध्यक्षले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले)सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको महराले जानकारी दिए ।

‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति । र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो’ उनले भने ।

स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।


क्लिकमान्डु