स्वाभिमान र सबैको लघुवित्तको लाभांश प्रस्ताव, कुनको कति ?
काठमाडौं । स्वाभिमान लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेका छन् ।
सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल कायम चुक्ता पुँजीको २७ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार रुपैयाँ बराबरको नगद गरी कुल १८.९५ प्रतिशत अर्थात ५ करोड ११ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, स्वाभिमान लघुवित्तले गत आवको मुनाफाबाट २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५६ हजार रुपैयाँ र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतले हुन आउने १२ लाख ८१ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्वाभिमान लघुवित्तको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।