उपभोक्ताको हित विपरित सेवा शुल्क नलिन सर्वोच्चको फैसला



काठमाडौं । सर्वोच्च अदालतले उपभोक्ताको हित विपरित सेवा शुल्क लिन नपाउने फैसला गरेको छ ।

बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले उपभोक्ता हित विपरित अतिरिक्त सेवा शुल्क लिन नपाइने फैसला गरेको हो ।

हरेक वस्तु तथा सेवामा सेवा शुल्कको नाममा राज्यले नै उपभोक्ता ठग्नको लागि नियम कानून बनाएको भन्दै त्यसविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले रिट दायर गरेको थियो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको नेतृत्वमा २०७५ साल असोज २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । मञ्चका अध्यक्ष महर्जनले उपभोक्ताको हितमा फैसला भएको बताए ।

नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरणलगायत अन्य विभिन्न क्षेत्रमा उपभोक्तासँग गैरकानूनी रुपमा अतिरिक्त शुल्क लिइँदै आएको थियो ।


क्लिकमान्डु