हिमालयन बैंकद्वारा निःशुल्क आँखा परीक्षण र रक्तदान कार्यक्रम आयोजना



काठमाडौं । हिमालयन बैंक लिमिटेडले निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

डा. सन्यम बजिमय र उनी नेतृत्वको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा माघ ४ गते देखि ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएका थिए।


क्लिकमान्डु