एनआईसी एशिया बैंकले ३६ ठाउँको घरजग्गा बिक्री गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न ३६ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो ।
‘गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको ७ दिनभित्र बोलपत्र पेस गर्न सक्ने छन् । अर्थात इच्छुक व्यक्ति तथा संस्थाहरुले माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फाराम एक हजार रुपैयाँ तिरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले मालपोत कार्यालय धनकुटाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय मुगु कार्यालयको लगतमा दर्ता कायम रहेको ४ ठाउँमा रहेको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय भरतपुर चितवनको लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय बाराको लगतमा दर्ता कायम रहेको २ ठाउँको र मालपोत कार्यालय विराटनगर मोरङको लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बेच्ने भएको छ ।
यस्तै, बैंकले बैंकको मालपोत कार्यालय इनरुवाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय रंगेली मोरङ कार्यालयको लगतमा दर्ता कायम रहेको ५ ठाउँको, मालपोत कार्यालय लगनखेल, ललितपुरको लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय परासी, नवलपरासी(वर्दघाट सुस्ता पश्चिम)को लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटको लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय घोराही, दाङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय जुम्लाको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय सुर्खेत कार्यालयको लगतमा दर्ता कायम भएको ६ ठाउँको जग्गा बिक्री गर्नेछ ।