महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम पहिलो चरणमा २१ जिल्लामा सम्पन्न भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको थियो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको उद्धघाटन गरेका थिए ।

रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाडौं, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट, धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भएको यस कार्यक्रममा १ हजार ७५० भन्दा बढी सहभागी भएका थिए ।

७०० भन्दा बढी महिला स्वरोजगार भमएको कम्पनीको भनाइ छ । कम्पनीले फागुन र चैत्रभित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिने योजना बनाएको छ ।

दोस्रो चरणमा १ हजार महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य कम्पनीले लिएको छ ।


क्लिकमान्डु