जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम



जनकपुर । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए ।


क्लिकमान्डु