सुनको मूल्य अहिलेसम्मकै धेरै, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्यले इतिहास कायम गरेको छ । गत वर्षको फागुनको अन्त्यतिर सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भई नयाँ इतिहास कायम भएको थियो । तर, उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनको मूल्यले इतिहास बनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

मंगलबार एकै पटक १ हजार रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु