मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाका लागि सरोकारवाला निकायसँग राय तथा सुझाव मागेको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्न लागेको भन्दै आवश्यक सुझाव पठाउन आग्रह गरेको छ ।

सरोकारवाला निकायले माघ २० गतेसम्म आफ्ना राय तथा सुझाव पठाउन सक्नेछन् । मौद्रिक नीतिको समिक्षाका लागि २० गतेसम्म राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा राय तथा सुझाव पठाउनुपर्ने छ ।

प्राप्त सुुझावबाट उपयुक्त, समय सापेक्ष सुझाव समेटेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु