काठमाडौं महानगरले भेट्न सकेन आम्दानीको लक्ष्य, ३३ शीर्षकमा साढे ४ अर्ब रुपैयाँ उठ्यो



काठमाडौं । काठमाडौं महानगरपालिका चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको आय गर्न असफल भएको छ ।

चालु आवको पुस मसान्तसम्ममा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रकम आम्दानी गर्ने लक्ष्य राखेकोमा विभिन्न ३३ शीर्षकमा ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार १२ रुपैयाँ आम्दानी गरेको छ । महानगरको लक्ष्यमा यो आम्दानी ४३।८२ प्रतिशत हो ।

महानगरअन्तर्गतको राजस्व विभागले सार्वजनिक गरेको विवरणकाअनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर शीर्षकमा शूल्क उठाइएको छ ।

पुस मसान्तसम्ममा महानगरले सो शीर्षकमा ५० लाख रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । तर, उक्त शीर्षकमा महानगरले ९० लाख २ हजार ५०१ रुपैयाँ कर उठाएको छ । महानगरले लिएको लक्ष्यको तुलनामा यो रकम ११।८५ प्रतिशतले बढी हो ।

त्यस्तै, महानगरले सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर शीर्षकमा ७ करोड १८ लाख २२ हजार ३०८ रुपैयाँ आम्दानी गरेको छ । लिइएको १० करोडको लक्ष्यको ७१.८२ प्रतिशत रकम महानगरले यो शीर्षकमा उठाएको हो ।

त्यस्तै, सम्पत्ति करका रुपमा महानगरले पुस मसान्तसम्ममा लिइएको लक्ष्यको ६५।२ प्रतिशत अर्थात ६५ करोड २० लाख १० हजार ८२१ रुपैयाँ उठाएको छ । यो शीर्षकमा महानगरले पुस मशान्तसम्ममा १ अर्ब रकम आम्दानी हुने लक्ष्य लिएको थियो ।
२ अर्ब ५० करोड रुपैयाँको लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा महानगरले १५.५१ प्रतिशतमात्रै प्रगति हासिल गरेको छ । महानगरले शो शीर्षकमा ३८ करोड ७८ लाख ७० हजार ८०७ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, महानगरले घरबहाल करमार्फत १ अर्ब १८ करोड १५ लाख ५१ ह्जार ४१८ रुपैयाँ आम्दानी गरेको छ ।

पर्यटन शूल्कमा ४ करोड ५२ लाख ५० हजार ५० रुपैयाँ, प्रशासनिक सेवा शूल्कमार्फत ६ लाख ४८ हजार ९५० रुपैयाँ, व्यक्तिगत आन्तरिक अनुदानमार्फत ६८ करोड १४ लाख ३ हजार १५० रुपैयाँ, बाँडफाँटबाट प्राप्त हुने सवारी साधन करमा १२ करोड ९ लाख ८७ हजार ८३२ रुपैयाँ, बाँडफाँट भई प्राप्त हुने मूल्य अभिबृद्धि करमार्फत ८ करोड ९२ लाख ७३ हजार ७८५ रुपैयाँ, पार्किङ शूल्कमार्फत ७५ लाख ३९ हजार ४४६ रुपैयाँ, नक्सापास दस्तुरमार्फत ४१ करोड ४७ लाख ८६ हजार ७४४ रुपैयाँ, सिफारिश दस्तुरमार्फत २ करोड ९९ लाख ९७ हजार ६०३ रुपैयाँ महानगरले आम्दानी गरेको छ ।

त्यस्तै, नाता प्रमाणिकरण दस्तुरमार्फत २२ लाख १७ हजार ३५० रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरमार्फत ३१ करोड ४२ लाख ९ हजार २८२ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतमार्फत १ करोड ३ लाख ८० हजार ९६५ रुपैयाँ महानगरले आम्दानी गरेको छ ।

बेरुजुमार्फत महानगरले आम्दानी गर्ने अपेक्षा गरेको २ करोड ५० लाख रुपैयाँमध्ये १।८७ प्रतिशतमार्फत आम्दानी भएको छ । महानगरले पुस मसान्तसम्ममा बेरुजुमार्फत ४ लाख ६६ हजार ३५६ रुपैयाँ आम्दानी गरेको छ ।

महानगरले लक्ष्य नै नराखेको परीक्षा शुल्कमा २४ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, वित्तीय निकायबाट प्राप्त हुने ब्याज, सवारी साधन कर ९साना सवारी०, अन्य निकायबाट प्राप्त हुने लाभांश, सशर्त अनुदान पूँजीगत शीर्षकमा भने महानगरले कुनै पनि आम्दानी गर्न सकेको छैन ।


क्लिकमान्डु