एनसीसीसँग मर्जपछि कुमारी बैंकको नाफा डेढ अर्ब बढी



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेपछि कुमारी बैंकको नाफा १ अर्ब ५३ करोड ७ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कुमारी बैंकले मात्रै १ अर्ब १ करोड २ लाख ७ हजार ९४६ रुपैयाँ नाफा कमाएको छ भने एनसीसी बैंकले ५१ करोड ८६ लाख ३६ हजार १२६ रुपैयाँ नाफा आर्जन गरेको छ । दुवै बैंक मर्जपछिको नाफा १ अर्ब ५३ करोड ७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६२ करोड ३५ लाख ४ हजार रुपैयाँबाट बढेर ४ अर्ब २४ करोड ६ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ३६ करोड ८८ लाख ५० हजार रुपैयाँबाट बढेर १ अर्ब ५७ करोड ३३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १२ अर्ब ५ करोड ७७ लाख ६७ हजार ७४७ रुपैयाँ रहेको छ ।

२ खर्ब ९९ अर्ब ६९ करोड १७ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ७५ अर्ब ७६ करोड १३ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.०६ प्रतिशतबाट बढेर ३.१५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ १७ पैसा रहको छ ।


क्लिकमान्डु