कालिका लघुवित्तको लाभांश प्रस्ताव



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफासम्मको खुद नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ र बोनस सेयर कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात सेयरधनीहरुमा वितरण हुनेछ ।


क्लिकमान्डु