अर्थमन्त्रीलाई औद्योगिक र व्यवसायी क्षेत्रको समस्या



विराटनगर । मोरङ व्यापार संघले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै औद्योगिक र व्यवसायी क्षेत्रको समस्याका बारेमा अवगत गराएको छ ।

संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको प्रतिनिधि मण्डलले विराटनगर क्षेत्रमा भइरहेको अनियमित विद्युत आपूर्तिले मोरङ–सुनसरी औद्योगिक क्षेत्रलाई नकारात्मक असर गरेको भन्दै त्यसले ठूलो नोक्सानी व्यहोर्नु परेकोले तत्काल समाधानमा पहल गर्न अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्र पनि भनिएको छ ।

उनले अर्थमन्त्रीलाई भेटेरै चालू पूँजी कर्जा मार्गदर्शनका प्रतिकूल व्यवस्थाहरू, भन्सार मूल्यांनका समस्याहरू र स्थानीय बजार प्रवद्धन लगायतका विषयमा छलफल गरेका थिए ।

औद्योगिक क्षेत्रमा हाल दिनमा ८ देखि १० घण्टा लोडसेडिङको मार खेप्नु परेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जसले गर्दा ४० प्रतिशत् उत्पादन कटौती गर्नु परेको उनले भनेका छन् ।

मार्गदर्शनको बुँदा ८.६ मा नवीकरणीय चालू पँजी कर्जा खातालाई सम्बन्धित ऋणी उद्योगी व्यवसायीले आर्थिक वर्षको कुनै एक समयमा लगातार सात दिसम्मका लागि शून्य बक्यौता गर्नुपर्ने भन्ने व्यवस्था उद्योगी व्यवसायीमात्र नभइ बैंक तथा वित्तीय संस्था र राष्ट्रबैंकलाई समेत कठिन हुन हुन्छ । तसर्थ यो व्यवस्था अव्यावहारिक भकोले हटाउन उपयुक्त देखिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

संघले यसअघि पनि अर्थमन्त्री पौडेललाई भेटेर आफ्ना मागपत्रको बारेमा जानकारी गराएको थियो ।


क्लिकमान्डु