जापान सरकारले खोल्यो चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा



एजेन्सी । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

जापान सरकारले शनिबार उक्त कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो ।

कोभिड–१९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो ।

आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ ।

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड १९ को सङ्क्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो ।

कोभिडका कारण अस्थायी रुपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको सो सूचनामा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

चीनमा पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण निकै बढेको थियो । यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए ।


क्लिकमान्डु