हिमालयन बैंकको नाफा २८.४१ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकको नाफा २८.४१ प्रतिशतले बढेको छ ।

बैंकको नाफा २८.४१ प्रतिशतले बढेर ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ८ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

१४ अर्ब ६२ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४२ करोड ३४ लाख ३९ हजार रुपैयाँ रहेको छ । १ खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५३ खर्ब ३६ करोड ४९ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ । १३ रुपैयाँ ६३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा रहेको छ ।


क्लिकमान्डु