माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २ करोड नाफा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैकले १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ५० अर्ब ५४ करोड २१ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३५ अर्ब ५७ करोड ७१ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु