प्राइम बैंकको नाफा १ अर्ब ६५ करोड बढी, प्रति सेयर आम्दानी कति ?



काठमाडौं । प्राइम बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५८ प्रतिशतले कम हो ।

गत आवको दोस्रो त्रैमाससम्म बैंकको नाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफामा गिरावट आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा २ अर्ब ७६ करोड ४२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा २ अर्ब ४० करोड ९७ लाख ४७ हजार रुपैयाँबाट घटेर २ अर्ब ३६ करोड २३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ३५ करोड ९० लाख २६ हजार रुपैयाँ रहेको छ । १ खर्ब ६४ अर्ब ४६ करोड ४७ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले १ खर्ब ५० अर्ब ३१ करोड ३३ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७८ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०३ पैसा भएको बैंकको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ १० पैसा रहेको छ ।


क्लिकमान्डु