ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ७८ करोड



काठमाडौं । पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । जसले गर्दा बैंकको नाफा बढ्न सफल भएको छ । बैंकले ६ महिनाको अवधिमा ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा १.१३ प्रतिशतटबाट बढेर २.९२ प्रतिशत पुगेको छ ।

३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ । ४ खर्ब ३ अर्ब ६८ करोड ३६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६३ अर्ब २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको बैंकको नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । हाल ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ ।


क्लिकमान्डु