स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ बढी



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा बैंकले १ अर्ब ५ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत धेरै सूचकमा सुधार देखिएको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशतले बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ६१.९१ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ। ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६३ करोड २० लाख ३१ हजार रुपैयाँ रहेको छ ।

बैंकले यो अवधिमा १ खर्ब २ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेकामा ८१ अर्ब ३ करोड ६७ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु