सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार



काठमाडौं । हिमालयन बैंकसँग मर्ज हुन लागेको सिभिल बैंकले नाफा पुस मसान्तसम्म २६.३९ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म बैंकको नाफा २६.३९ प्रतिशतले बढेर ६३ करोड ७० लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ५० करोड ४० लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा २८.५० प्रतिशतले बढेर ९४ करोड ९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ । ९४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकले ८४ अर्ब ८ करोड १७ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रति सेयर आम्दानी १४ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्लिकमान्डु