नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढ्छ: समुद्रपार निकासी पैठारी संघ



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने नियम खारेज गरेकोमा नेपाल समुद्रपार निकासी पैठारी संघले स्वागत गरेको छ ।

१३ सय वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाइ आर्थिक क्रियाकलाप नै खुम्चाई दिएको संघको भनाइ छ ।

जसको परिणाम स्वरुप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भन्दै संघले नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने अपेक्षा गरेको छ ।

त्यसैगरी आयातको भुक्तानी टिटि, डिडि, डिएपी र डिएएजस्ता माध्यबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने संघले जनाएको छ ।


क्लिकमान्डु