कालिन्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कालिन्चोक दर्शनको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आवेदनकर्ताले आज कार्यालय समयभित्र मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले माघ ३ गतेदेखि १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।
जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।