आकार बढाएर ‘एनआईबिएल सहभागिता फण्ड’ निष्कासनका स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ निष्कासनका स्वीकृति दिएको छ ।

बोर्डले फण्डको आकार बढाएर २ अर्बसम्मको इकाई निष्कासन गर्न स्वीकृति दिएको हो । यो साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ हो ।

१० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम उक्त इकाई जारी गरीसकिएको छ । पुस १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी बोर्डले स्वीकृत दिएसँगै योजनाको आकार २ अर्ब कायम भएको छ ।

योजनाले पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरेको छ ।


क्लिकमान्डु