६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारवाही




काठमाडौं । नेपाल राष्ट्र बैंकले गैर स्थलगत सुपरिवेक्षणको आधारमा ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ ।

नियम विपरीत काम गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले नगद जरिवानासहित कारबाही गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अनिवार्य नगद मौज्दात, विपन्न कर्जा र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै नगद जरिवानासहित कारवाही गरेको जनाएको छ ।

राष्ट्र बैंकले पहिलो त्रैमासमा अनिवार्य नगद मौज्दात र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कर्णाली विकास बैंकलाई २ पटक जरिवाना गराएको छ ।

यस्तै सालपा विकास बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि जरिवाना गराएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमे्रन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरे भन्दै जरिवाना गराएको छ ।

राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै नेपाल फाइनान्स, जानकी फाइनान्स र समृद्धि फाइनान्सलाई जरिवाना तिराएको छ । यस्तै प्रोग्रेसिभ फाइनान्सले अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि नगद जरिवानासहित कारवाही गरेको छ ।


क्लिकमान्डु