उखुको न्यूनतम खरिद मूल्य प्रति क्विण्टल ५४० रूपैयाँ



काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विण्टल ५४० रूपैयाँ तोकेको छ ।

आज नेपाल सरकार मन्त्रिषरिषद्को बैठकवाट आर्थिक वर्ष २०७९/८० को लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा समेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विण्टल ५४० रूपैयाँ निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाशकुमार सन्जेलले बताए ।

उनकाअनुसार यो मूल्य गत आर्थिक वर्षको लागि तोकिएको मूल्यभन्दा २० रूपैयाँ प्रति क्विण्टल हो । गत आर्थिक वर्षको यो मूल्य ५२० प्रति क्विण्टल तोकेको थियो ।

उखु किसानलाइ अनुदान दिने सम्वन्धि कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०७६ सहित) दफा ३ को उपदफा (३) बमोजिम चालु आर्थिक वर्ष २०७९/८० को लागि अघिल्लो वर्ष निर्धारण गरिएको अनुदान रकम प्रति क्विण्टल ७० रूपैयाँ नै कायम गरिएको जानकारी दिए ।
 
साथै, सरकारले दिएको अनुदान र तोकेको मूल्यसहित चालु आर्थिक वर्ष २०७९/८० को लागि उखुको प्रति क्विण्टल न्यूनतम मूल्य ६१० रूपैयाँ किसानले पाउनेछन् ।


क्लिकमान्डु