एनआईबिएल ग्रोथ फण्डको इकाई बाँडफाँट
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’को इकाई बाँडफाँट भएको छ ।]
इकाईमा ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९०० सय इकाईका लागि आवेदन गरेको थियो । जसमा रितपूर्वक आवेदन दिएका सबै आवेदकले माग इकाई हात पारेका छन् ।
प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई निष्कसन गरेको थियो । पुस ७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको इकाईको बाँडफाँट भएको छ ।
उक्त इकाईमा १६ करोड मध्ये १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल र ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि छुट्याईएको थियो ।
निष्काशन गरिएको इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।