फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.३५ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको नाफा ३८.५३ प्रतिशतले बढेर १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १० करोड ४४ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी,सञ्चालन नाफा बढेसँगै नाफा बढेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख ५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ । गत आवको सोही अवधिमा २१ रुपैयाँ ६६ पैसा रहेको थियो । यस्तै प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ। गत आवको सोही अवधिमा १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।