शपथपछि पशुपतिनाथ पुगे राप्रपाका मन्त्रीहरु



काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा आयोजिक कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहणपछि र पदबहाली अघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिनाथ पुगेका छन् ।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन् । सहरी विकास मन्त्रीमा बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान तथा दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

मन्त्री बनेसँगै पद बहाली गर्नु अघि उनीहरु हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पुगेका हुन् । राप्रपाले देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै आएको छ ।


क्लिकमान्डु