पोखरा विमान दुर्घटनाः ४८ मध्ये २५ शव काठमाडौँमा



काठमाडौं । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परि मृत्यु भएका ४८ मध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ । बाँकी शव ल्याइँदै छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ ल्याइएको हो ।

दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।


क्लिकमान्डु