ओलीसँगको लञ्च मिटिङपछि प्रचण्डले भने: मन्त्रिपरिषद्‍ भागवण्डा आजै टुंगिन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍को भागवण्डा आजै टुंगिने बताएका छन् ।

सोमबार सत्ता गठबन्धनको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङपछि बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको भागबण्डा आजै टुंगिने बताएका हुन् ।

मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘आजै टुंगिन्छ ।’ उनले सभामुख र राष्ट्रिपतिका विषयमा भोली छलफल हुने बताए ।

‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल छ’ प्रचण्डले भने ।


क्लिकमान्डु