आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने



काठमाडौं । ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएको शोकमा सरकारले आज (सोमवार) बिदा दिएको छ । साथै आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले बताएको छ ।

आइतवार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यती एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्कीको नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।


क्लिकमान्डु