पोखरा विमान दुर्घटनाः पत्रकार त्रिभुवन पौडेलको मृत्यू, प्रचण्डलाई भेट्न पाएनन्



काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

विमानमा सवार ७२ जनाकै मृत्यू भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए ।

प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रम रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएपछि पोखरा फर्किएका थिए ।

उनी पोखरा हटलाइन दैनिकका सम्पादक थिए ।


क्लिकमान्डु