प्रचण्डका ज्वाईलाई मन्त्री बनाएपछि माओवादीमा असन्तुष्टि



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश १ मा जीवन आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्र चरम असन्तुष्टि बढेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो।

आयार्चलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ। सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले आचार्यलाई बिनाविभागीय मन्त्री नियुक्ती गरेका थिए ।

फाउण्डेसनका महासचिव अटल आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ।’

पुराना नेतालाई पाखा लगाएर प्रचण्डको ज्वाईलाई मन्त्री बनाएपछि पार्टीभित्रैबाट आलोचना भइरहेको छ।


क्लिकमान्डु