दुर्घटनामा परेको जहाजले पोखराको नयाँ विमानस्थलमा गरेको थियो डेमो उडान



काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यति एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै विमान रहेको छ ।

यति एयरको ९ एन–एएनसी जहाज आइतबार पोखराको सेती खोंचमो दुर्घटना भएको थियो । उक्त जहाज २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको विमान हो ।

प्रारम्भिक जानकारीकाअनुसार दुर्घटना भएको विमान आकाशमा हुँदा नै अनियन्त्रित भएर आगलागी भई दुर्घटनामा परेको हो । तर, हालसम्म जहाज दुर्घटनाको विस्तृत कारण भने खुलेको छैन ।

हाल दुर्घटना स्थलमा यात्रु तथा चालक दलका सदस्यहरुको उद्धार कार्य भइरहेको छ । विमानमा ६८ जना यात्रुसँगै ४ जना चालकदलका सदस्य गरि ७२ जना सवार थिए । दुर्घटनामा परेका ३२ जनाको शव निकालिएको छ ।


क्लिकमान्डु