विमान दुर्घटना अपडेट: ३२ जनाको शव निकालियो



१ माघ, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

 ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानका क्याप्टेन कमलकेसी रहेका थिए ।


क्लिकमान्डु