दुर्घटनाग्रस्त यति एयरमा ३ शिशु, ३ बालबालिका र ६२ वयस्क यात्रु सवार, २२ जनाको शव निकालियो



काठमाडौं । पोखराको सेती खोचमा दुर्घटनामा परेको यति एयरको जहाजमा ३ जना शिशु, ३ जना बालबालिका र ६२ जना वयस्क यात्रु तथा चालक दलका ४ जना सदस्य रहेको पाइएको छ ।

६९१ कल साइन रहेको विमान काठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको थियो । यति एयरलाइन्सको एटीआर–७२ विमान पोखराको नयाँ विमानस्थलबाट करिब ५ माइल नजिकै दुर्घटमा परेको हो ।

दुर्घटना स्थलबाट २२ जनाको शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुललेब ताए । उनका अनुसार अन्यको उद्धार गर्नेक्रम जारी रहेको छ ।


क्लिकमान्डु