पोखरामा विमान दुर्घटना



फाइल तस्बिर

काठमाडौं । पोखरामा विमान दुर्घटनामा परेको छ ।

पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज दुर्घटनामा परेको जनाइएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले दुर्घटना भएको सूचना आएको जानकारी दिए । तर अवतरण गर्ने क्रममा हो वा उडान भर्ने क्रममा भन्ने आफूलाई जानकारी नभएको तर उद्धारको कार्य भइरहेको उनले जानकारी दिए ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


क्लिकमान्डु