सुनको मूल्य प्रतितोला १ लाख ५ हजार पुग्यो, चाँदी कति ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आइतबार ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । आइताबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु