केपी ओलीलाई कृष्ण र प्रचण्ड अर्जुन भए: वामदेव



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आजको राजनीतिक स्थिति बिग्रिनुको मुख्य कारक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।

देशमा कहिले नभएको एउटा राजनीतिक महाभूकम्प गएको उनको भनाइ थियो ।

यसपटकको राजनीतिक भुकक्प ल्याउनेमा कसलाई मुख्य पात्र मान्नुहुन्छ ? भनेर आफूलाई पत्रकारहरुले प्रश्न गरिरहेको भन्दै उनले जवाफ दएका छन् ।

‘पात्र त प्रचण्ड नै हो । तर, योजना बनाउन र कार्यान्वयनमा केपी ओली हुनुहुन्छ । पात्र महाभारतमा अर्जुन र कृष्णहरु छन् । कृष्णलाई मुख्य मान्छन् । तर, धनुषवाण चलाएर सबै समाप्त गर्ने त अर्जुन हुन् । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने मानिन्छ । पात्रको रुपमा अर्जुनालाई मानिन्छ’ उनले भने, ‘यसपटक हाम्रो देशमा घटेको या महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली । र मुख्य पात्र प्रचण्ड हुनुभएको छ । ‘

पछिल्लो समय दलहरु गठबन्धन बनाएर अघि बढिरहेको भन्दै उनले बरु एउटै पार्टी बनाउन सुझाव दिए । ‘नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने । गठबन्धन नै गरेर सरकार पनि चलाउने । यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि फरक के पर्छ र ?’
उनले भने ।


क्लिकमान्डु