पुनरकर्जा ५ अर्ब ७२ करोड रुपैयाँले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा पुनरकर्जा ५ अर्ब ७२ करोड रुपैयाँले घटेको छ ।

गत आवको मंसिर मसान्तमा १ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ रहेको पुनरकर्जा चालु आवको सोही अवधिमा १ खर्ब ३७ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब ३७ करोड लगानीमा रहेको छ । मंसिर मसान्तसम्ममा १ लाख ४८ हजार ५ सय ५० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब ९ अर्ब ३२ करोड कर्जा बक्यौता रहेको छ ।

उक्त बक्यौतामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ८ सय ५१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ७१ करोड कर्जा बक्यौता रहेको छ । यस्तै महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ८ सय ६५ महिला उद्यमीलाई प्रवाह भएको ६७ अर्ब ३३ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३४ ऋणीको ३ अर्ब २७ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा मंसिर मसान्तमा ८७ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको छ ।


क्लिकमान्डु