एनआईसी एशिया बैंकका सीईओको तलब/भत्ता २ करोड ३४, सञ्चालकले बुझे ६२ लाख बढी



काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ तलब, भत्ता दिएको छ ।

बैंकले सीईओलाई भत्ता सहित १ करोड ८० लाख तलब, बोनस ५२ लाख ५७ हजार २५५ रुपैयाँ, अन्य सुविधा बापत ५६ हजार २९२ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै ९० हजार रुपैयाँ सवारी कर तिरेको छ । हाल बैंकको सीईओमा रोशन कुमार न्यौपाने रहेका छन् ।

गत आर्थिक वर्षमा बैंकमा सञ्चालक समितिको ६० वटा बैठक बसेको छन् । ६० वटा बैठकबाट अध्यक्ष तथा सञ्चालकले ६२ लाख ४० हजार रुपैयाँ भत्ता लिएका छन् ।

बैठक भत्ता बापत अध्यक्ष तुलसीराम अग्रवालले १२ लाख, सञ्चालक त्रिलोक चन्द अग्रवालले ८ लाख ६४ हजार, रामचन्द्र संघईले ७ लाख ४ हजार, राजेन्द्र प्रसाद अर्यालले ५ लाख ९२ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

यस्तै विनोद कुमार प्याकुरेलले ६ लाख २४ हजार, गणेश मान श्रेष्ठले ४ लाख १६ हजार, निकुञ्ज कुमार अग्रवालले ८ लाख ३२ हजार, विजया स्वारले ७ लाख ४ हजार र आदित्य कुमार अग्रवालले ३ लाख ४ हजार लिएका छन् ।

बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता २० हजार र सञ्चालकलाई १६ हजार दिने गरेको छ । बैंकले यो पटक भने सेयरधनीको हात खाली बनाएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश दिएको छैन ।


क्लिकमान्डु