मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु