सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर कारबाही अघि बढाउन आदेश दिएपछि लामिछाने उक्त आदेश विरूद्ध उच्च अदालत पाटनमा पुगेका थिए ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


क्लिकमान्डु