सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेवाजी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु