सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु